आइतबार २५ माघ, २०८२

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा

सुपरमाई हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १७ गतेका लागि ११ औँ वार्षिक साधारणसभा बोलाएको हो । 

उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स् प्रा.लि. मा बिहान १० बजे साधारणसभा बोलाएको छ । उक्त सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर तिर्न ५९ लाख २७ हजार ९७७ रुपैयाँ नगद लाभांश बाँड्ने र चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेद, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट मनोनीत गरी रिक्त सञ्चालक पदमा नियुक्ति गरिएका सञ्चालकहरूको अनुमोदन गर्नेछ ।

त्यसैगरी कम्पनीको पुँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधन गर्ने र पूँजीको संरचना परिवर्तन गर्न र बोनस तथा हकप्रद सेयर जारी गर्ने सम्बन्धमा नियामक निकायहरूबाट कुनै किसिमको सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी दिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिनका लागि सेयर दाखिला खारेज बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ । बूक क्लोजको आधारमा फागुन १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।