आइतबार २५ माघ, २०८२

नागरिक लगानी कोषको दोस्रो त्रैमास : नाफा ६६ करोड ५३ लाख, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषको दोस्रो त्रैमास : नाफा ६६ करोड ५३ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा ६६ करोड ५३ लाख 

नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो। 

 
 खुद नाफा (रु.करोड) 

- गत आव : ६२.२२
- चालु आव : ६६.५३

कुल आम्दानी

समीक्षा अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको १ अर्ब ३ करोड रुपैयाँको तुलनामा २.८६ प्रतिशतले बढी हो।

कुल आम्दानी  (रु.करोड)
- गत आव:१०३
-चालु आव :१०६

सेवा शुल्क तथा कमिसन आम्दानी

सेवा शुल्क तथा कमिसन आम्दानीमा वृद्धि भएपछि कोषको नाफामा सुधार देखिएको हो। सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
तर खुद ब्याज आम्दानी भने १९ करोड ३३ लाख रुपैयाँबाट घटेर १७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

रकम (रु.करोड)
- सेवा शुल्क र कमिसन :८३.९४
- खुद ब्याज आम्दानी :१७.३६

कुल खर्च

यो अवधीमा कोषको खर्च पनि घटेको छ। अघिल्लो वर्ष २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च चालु आवमा घटेर १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

खर्च  (रु.करोड)
- गत आव :२०.८६
- चालु आव :१८.१८

लगानी २ खर्ब ९८ अर्ब रुपैयाँ नजिक

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। मुख्य लगानी मुद्दती निक्षेप, समयकालीन कर्जा र संगठित संस्थाको सेयरमा केन्द्रित रहेको छ।

- मुद्दती निक्षेप: १ खर्ब ४५ अर्ब

- समयकालीन कर्जा: २६ अर्ब ३१ करोड

- संगठित संस्थाको सेयर: ३१ अर्ब ६८ करोड

मुख्य वित्तीय सूचक

- चुक्ता पुँजी : ६ अर्ब ८० करोड
-  जगेडा कोष : १२ अर्ब २८ करोड
-  प्रतिसेयर आम्दानी: १९.५५ रुपैयाँ
- प्रतिसेयर नेटवर्थ: १४२.४० रुपैयाँ

आम्दानीमा निरन्तर सुधार, खर्च नियन्त्रण र विविध लगानी रणनीतिका कारण आगामी दिनमा पनि कोषको वित्तीय अवस्था अझ सुदृढ हुने संकेत देखिएको छ।