बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे । ‘तीन जनालाई पक्राउ गरेका छौं । उनीहरुबाट केही सामानहरु पनि बरामद भएका छन्’ एसपी भट्टराईले भने ।
पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण बताएको छैन ।
