सोमबार २६ माघ, २०८२

सेयर बजार : २६ अंकको गिरावट, १० अर्ब ७७ करोड कारोबार

सेयर बजार :  २६ अंकको गिरावट, १० अर्ब ७७ करोड कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २१२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.०२ अंकले घटेर ४५५.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ मध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने १ वटा उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ११ अर्ब ७७ करोडको कारोबार भएको छ ।

आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १ लाख २ हजार २८१ पटक खरिद बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।