जेनजी आन्दोलन जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थपेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
योसँगै आयोगको प्रतिवेदन फागुन २१ को चुनावपछि मात्र आउने देखिएको छ ।
असोज ५ गते गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । तर, काम नसकिएको भन्दै आयोगले समय मागेपछि पहिलोपटक १ र पछिल्लो पटक २० दिन थपियो ।
