बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
