मंगलबार २७ माघ, २०८२

पेस्तोल र वाकिटकीसहित २ जना पक्राउ

पेस्तोल र वाकिटकीसहित २ जना पक्राउ

काठमाडौं । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले पक्राउ गरेको हो ।

उनीहरुबाट मेड इन युएस लेखिएको पेस्तोल एक थान, वाकिटकी २ थान र भरुवा बन्दुकजस्तो देखिने काठको हतियार १ थान बरमद भएको छ ।

सिलासको घरमा उक्त हतियार राखेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।