मंगलबार २७ माघ, २०८२

नेप्से सूचकमा दोहोरो अंकको गिरावट, ८ अर्ब १६ करोडको कारोबार

नेप्से सूचकमा  दोहोरो अंकको गिरावट, ८ अर्ब १६ करोडको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार सोमबार दोहोरो अंकको गिरावटसहित बन्द भएको छ। नेप्से परिसूचक १०.२५ अंकले घट्दै २,६६२.१४ बिन्दुमा कायम भएको हो, जुन ०.३८ प्रतिशतको गिरावट हो।

कारोबार अवधिभर बजार उतार–चढावपूर्ण रहँदा कुल कारोबार रकम करिब ८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यसदिन २१ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् भने कुल ८९ हजारभन्दा बढी कारोबार सम्पन्न भएका छन्।

कारोबारमा आएका कम्पनीहरूमध्ये धेरैजसोको सेयर मूल्य घटेको देखिन्छ। केहि कम्पनीहरूको सेयर मूल्य बढे पनि समग्र बजारमा बिक्री चाप हाबी हुँदा नेप्से राताम्मे देखिएको हो। विश्लेषकहरूका अनुसार लगानीकर्ताको अल्पकालीन सतर्कताले बजारमा दबाब देखिएको हो।