जेनजी आन्दोलनको प्रभाव : करिब साढे २ हजारको रोजगारी गुम्यो, खर्ब नजिक आर्थिक क्षति
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले करिब साढे २ हजार जनाको रोजगारी खोसेको छ ।
अर्थमन्त्रालयले उक्त आन्दोलनले २ हजार ३ सय ५३ जनाले पूर्ण रुपमा रोजगारी गुमाएको बताएको छ ।
यस्तै २ हजार ९ सय ९९ व्यक्तिको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । आन्दोलनका क्रममा उत्पन्न परिस्थितीले सेवा तथा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख नोक्सानी पुर्याएको छ ।
आन्दोलनले नीजि र सार्वजनिक क्षेत्रमा गरी ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको सरकारी मूल्यांकन छ ।
यो कुल गार्हस्थ उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत नोक्सानी हो । यो क्षतिमा सार्वजनिक क्षेत्रको हिस्सा ५३ प्रतिशत हो । उक्त समयमा ७७ जनाले ज्यान गुमाएका थिए ।
