मंगलबार २७ माघ, २०८२

निर्वाचनका लागि २० अर्ब बढी निकासा

निर्वाचनका लागि २० अर्ब बढी निकासा

काठमाडौं । सरकारले निर्वाचनका लागि २० अर्ब रुपैयाँभन्दा बढी निकासा गरेको जनाएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन प्रयोजनका लागि २० अर्ब भन्दा बढी निकासा गरेको जनाएका छन् । जापान सरकारले दिएको सहयोगमा ३९ करोड रुपैयाँ भन्दा बढी  निर्वाचनका लागि खर्च  (दंगा नियन्त्रणका लागि) गर्ने अनुमती पाएको छ ।

यसैगरी, भारतले पनि नेपाललाई ६५० वटा  गाडी निर्वाचन प्रयोजनका लागि दिएको छ ।आधा भन्दा गाडी आइसकेपनि  केही दिनमै ती सबै गाडी नेपाल आइपुग्ने अर्थमन्त्री खनालले जनाएका छन् ।

अर्थमन्त्री खनालले भने, 'निर्वाचनका लागि कुनै पनि हालतमा बजेट कमी हुन  दिदैनौ । तयसकारण फागुन २१ अगाडी बजेट कतै थप्ने काम हुदैन ।'   फागुन २१ गते देशमा प्रतिनीधिसभा सदस्यका लागि निर्वाचन हुदैछ ।