रामेछाप बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो, ९ जना मृतकको पहिचान खुल्यो (अपडेट)
काभ्रे । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ ।
मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो ।
सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष र ५ महिला गरी १२ जनाको निधन भएको हो ।
दुर्घटनामा ८ जना घाइते भएका छन् ।
सबै शवहरू मन्थली अस्पताल पुर्याइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।
मृतकहरू
१) दोलखा भिमेश्वर नगरपालिका–७ बस्ने अन्दाजी २५ वर्षीया बबि तामाङ ।
२. दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने अन्दाजी ६० वर्षीया मान बहादुर तामाङ ।
३. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय दिपेश बस्नेत ।
४. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीया सानुमाया तामाङ ।
५. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया तारा तामाङ ।
६. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी ३६ वर्षीय भिम बहादुर तामाङ ।
७. रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ बस्ने अन्दाजी १६ वर्षीया रमिता तामाङ ।
८. रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत।
९. सिन्धुली गोलन्जोर गाउँपालिका–६ अन्दाजी ३४ वर्षीय शिव श्रेष्ठ ।
(अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको)
