टी– २० विश्वकपमा आज पनि तीन खेल, नेपाल रहेको समूहबाट इङ्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् ।
आजको पहिलो खेलमा बिहान सवा ११ बजे दक्षिण अफ्रिका र अफगानिस्तान तथा दोस्रो खेलमा दिउँसो सवा ३ बजे अस्ट्रेलिया र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।
त्यस्तै, तेस्रो खेल साँझ सवा ७ बजे वेस्ट इन्डिज र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । वेस्ट इन्डिज र इङ्ल्यान्ड समूह ‘सी’मा रहेका छन्, जहाँ नेपाल पनि छ ।
