बुधबार २० फागुन, २०८२

सुनचाँदीको मूल्य उकालो यात्रामा, तोलाको कति ?

सुनचाँदीको मूल्य उकालो यात्रामा, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।

आज  सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य २४० रुपैयाँ रहेको थियो ।