बिहीबार २९ माघ, २०८२

साल्ट ट्रेडिङका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर, करको भार पनि नपर्ने

साल्ट ट्रेडिङका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर, करको भार पनि नपर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत सोही रकमबाट व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताहरूले पाउनेछन् ।

सरकारी स्वामित्व समेत रहेको यस पुरानो संस्थाले विगतका वर्षहरूमा पनि आफ्ना लगानीकर्ताहरूलाई नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ ।