बिहीबार २९ माघ, २०८२

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक डा. प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।