शुक्रबार ०१ फागुन, २०८२

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा माग्यो कर्मचारी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सातै प्रदेशमा माग्यो कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो ।

यसका लागि कम्तीमा प्लस टू गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ।

तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएको स्थानमा सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।