शुक्रबार ०१ फागुन, २०८२

गलत सूचना प्रवाहले अर्थतन्त्रमा नै असर पर्छ : अर्थमन्त्री खनाल

गलत सूचना प्रवाहले अर्थतन्त्रमा नै असर पर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सहि तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक हुने बताएका छन् ।

राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा मन्त्री खनालले गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पर्न सक्ने भएकाले अर्थतन्त्र सहि तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक रहेको बताएका हुन् ।

उनले पुँजी बजारमा समेत सूचनाको एकाधिकार पाएका कतिपय व्यक्तिहरूले लाभ लिएको र अरु लगानीकर्ताले समान तरिकाले निर्णयका लागि समयमा सूचना प्राप्त गर्न नसकेको धारणा राखे ।

मन्त्री खनालले अवांछित गतिविधि गर्नको निमित्त सूचनाको हक प्रयोग गर्ने प्रवृतिसंग सचेत हुनुपर्नेमा जोड दिए ।

समाजलाई शान्त र सम्भ राख्नको निमित्त पनि सही सूचना, सही समयमा, सही कारणले नागरिकलाई दिनुपर्ने राज्यको दायित्व भएको उनको भनाइ छ ।

मन्त्री खनालले अपुष्ट, अप्रमाणित र हुँदै नभएको सूचनाका कारण जेनजी आन्दोलनमा धेरै जनधनको क्षति भएको धारणा राख्नुभएको धारणा राखे । उनले सहि सूचना प्रवाहका लागि सञ्चारमाध्यमका साथै, संवैधानिक निकाय, संसद, न्यायप्रणाली लगाएत सवै निकाय जिम्मेवार हुनुपर्ने बताए ।