सोमबार ०४ फागुन, २०८२

सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि

सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा सरकारले सामाजिक सुरक्षाका लागि गरेको खर्चमा १४.४८ प्रतिशत वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा सरकारले ८९ अर्ब ६३ करोड ५५ लाख खर्च गरेको छ । जुन अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा १४.४८ प्रतिशत धेरै हो । त्यसबेला ७८ अर्ब २९ करोड ६७ करोड रुपैयाँ खर्च भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा परिवार र शिशु कल्याणका लागि ३२ लाख खर्च भएको छ । बेरोजगारमा ६ लाख, सामाजिक असमावेशी शीर्षकमा ३ करोड ७ लाख र सामाजिक सुरक्षा अनुसन्धान र विकासमा ३० लाख खर्च भएको छ ।

अन्यत्र वर्गीकरण नभएको सामाजिक सुरक्षामा भने कुल ८९ अर्ब ५९ करोड ७९ लाख खर्च भएको अर्थले जनाएको छ । यस वर्ष ६ महिनामा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ भइसकेको छ ।