सोमबार ०४ फागुन, २०८२

नेपाल बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष छुट पाइने

नेपाल बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष छुट पाइने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रा. लि. को तर्फबाट सञ्चालाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रा. लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।