सोमबार ०४ फागुन, २०८२

बैंकिङ क्षेत्र अधिक तरलताको गलपासोमा : निक्षेप ७० खर्ब नाघ्यो, लगानीयोग्य रकम १२ खर्ब बढी

बैंकिङ क्षेत्र अधिक तरलताको गलपासोमा : निक्षेप ७० खर्ब नाघ्यो, लगानीयोग्य रकम १२ खर्ब बढी

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा निक्षेप ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले निक्षेपको आकार बढेर ७७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको देखाएको छ ।

यसमा सबैभन्दा ठुलो हिस्सा वाणिज्य बैंकको छ । २० वटा वाणिज्य बैंकमा निक्षेप ६९ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीमा ७ खर्ब ६४ अर्ब निक्षेप रहेको छ ।

बैंक तथा वित्तिय संस्थाको कर्जा लगानी पनि ५७ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ । यसमा बाणिज्य बैंकको मात्र ५१ खर्ब ५१ अर्ब कर्जा लगानी रहेको छ । यस आधारमा हेर्दा बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ७४.३७ प्रतिशत रहेको छ । बैंकहरुले संकलन गरेको निक्षेपको ९० प्रतिशसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

तर पछिल्लो समय निक्षेप बढेको बढ्यै  छ । कर्जा लगानी सुस्त छ । यसले गर्दा बैंकहरुसँग अहिले निक्षेपको करिब १६ प्रतिशत लगानी योग्य रकम छ । यो भनेको १२ खर्ब ४ अर्ब हो । अहिले अन्तर बैंक कारोबार २.७५ प्रतिशत छ । चुनावी समय भएकाले पनि निक्षेप बढीरहेको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार विशेषगरी अमेरीकी डलरमा ठुलो परिणामको निक्षेप भित्रिरहेको छ ।