पुन: पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजन एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
गत साता मात्रै पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका प्रसाईंले योजनाबद्ध रूपमा चुनाव विथोल्ने गतिविधिमा लागेको आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। उनलाई भक्तपुरस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
पछिल्लो समय साइबर अपराधको सिलसिलामा पक्राउ परेका उनी अहिले भने नियोजित रूपमा निर्वाचन आचारसंहिताको विरुद्धमा लागेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।
