मंगलबार ०५ फागुन, २०८२

९ सय रुपैँयाले घट्यो सुन, प्रतितोला कति ?

९ सय रुपैँयाले घट्यो सुन,  प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । 

योसँगै आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।