सिंहदरबार बनाउने मात्रै होइन बदल्ने हो : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन् ।
आज सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलको पछि नलाग्न आग्र गरे ।
उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु । सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो। बदल्ने हो।’
