फेब्रुअरीमा पन्च ईभी किन्नेलाई ७० प्रतिशत 'रिसेल ग्यारेन्टेड'
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभी मा निकै आकर्षक योजना सार्वजनिक गरेको छ।
कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो।
यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनिका अनुसार पन्च.इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो।
यो फेब्रुअरी महिनाभरि पन्च.इभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७०% ग्यारेन्टेड रिसेल पाउनु हुनेछ । यसले अहिले पन्च.इभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनिले अपेक्षा रहेको छ। यो स्किमको बिस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सक्नु हुन्छ।
अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च.इभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ। फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मुल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ।
