कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक
काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
सभापति थापाले बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् ।
प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।
