बुधबार ०६ फागुन, २०८२

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : गगन थापा

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् ।

मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ । नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरी चिनाउनसक्ने किसानको नेपालमा बनाउनेछौँ,’ उनले भने, ‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नुनपर्ने बनाउनेछौँ । यो नेपाललाई हामी ओखती गर्दैगर्दा डराउन नपर्ने नेपाल बनाउनेछौँ ।’

नेपाललाई मौलिकतामा गौरव गर्ने नेपाल बनाउने उनले प्रतिज्ञा गरे । ‘सँगसँगै आधुनिकतामा लम्किने नेपाल बनाउनेछौँ । यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउनेछौँ’, उनले भने ।

प्रत्येक नागरिक हैरानीबाट नगुज्रिने नेपाल बनाउने उनले बताए । ‘यो हाम्रो संकल्प हो, प्रतिज्ञा हो,’ सभापति थापाले थपे ।