भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न : गगन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी युवा पनि राज्यको गोलीले नमारिने प्रतिज्ञा गरे ।
‘अब प्रश्न गर्दैगर्दा कुनै युवक भाद्र २३ को जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन्, यो हाम्रो प्रतिज्ञा हो,’ गगनले भने, ‘अब कसैले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन् यो हाम्रो प्रतिज्ञा हो । हामी यस्तो नेपाल बनाउन चाहन्छौँ ।’
भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने उनले बताए । ‘ती हाम्रै भाइभतिजा हुन् । जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै हो,’ उनले भने,‘तिनले हामीलाई इन्कार गरेको होइन, हाम्रो शैली बदल भनेको हो ।’
