शुक्रबार ०८ फागुन, २०८२

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको एमालले युवालाई मासिक १० जिबी इन्टरनेट डाटा निःशुल्क दिने घोषणा

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको एमालले युवालाई मासिक १० जिबी इन्टरनेट डाटा निःशुल्क दिने घोषणा

काठमाडौं । नेकपा एमालेले युवा लक्षित फ्री इन्टरनेट कार्यक्रमको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले फेसबुक, इन्ट्रादेखि अरु सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । यसैको विरुद्धमा उठेको जेन–जी आन्दोलनले ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो ।

तर, यसलगत्तै चुनावमा होमिएको राजनीतिक परिस्थितिमा एमालेले ल्याएको घोषणापत्रमा उमेर समूह नै तोकेर मासिक १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । 

एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।