सबै श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार बनाउने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले सबै खाले श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार बनाउने घोषणा गरेको छ । बिहीबार चुनावी घोषणापत्र जारी गरेको एमालेले यस्तो घोषणा गरेको हो ।
नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने पनि एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
