वायुसेवा निगमको ४९ प्रतिशत शेयर बचेर निजीक्षेत्र भित्र्याउने रास्वपाको घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल वायुसेवा निगमको ४९ प्रतिशत शेयर स्वामित्व बेचेर निजीक्षेत्रलाई भित्र्याउने योजना अघि सारेको छ ।
बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको रास्वपाले निगमको कूल शेयरमध्ये ५१ प्रतिशत सरकारकै नाममा राख्ने र बाँकी ४९ प्रतिशतको स्वामित्व निजीक्षेत्रलाई बेचेर लगानी भित्र्याउने उल्लेख गरेको हो ।
‘निगमको वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्राउने र अन्ततः धितोपत्र बजारमा सुचिकृत गर्ने रणनीति अवलम्बन गर्नेछौँ’ घोषणापत्रमा उल्लेख गरिएको छ ।
सोही नीतिमा रास्वपाले वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने उल्लेख गरेको छ ।
साथै वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रियाबाट जहाज लीजमा लीई बजारले धान्नेसम्म उडान सङ्ख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउने पनि रास्वपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
