आइतबार १० फागुन, २०८२

तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो सुन, कतिले बढ्यो चाँदी ?

तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो सुन, कतिले बढ्यो चाँदी ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा प्रतितोला सुन कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै, आज चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँको रेकर्ड बनाएको थियो ।