प्रिमियर वायर्सको ‘पावरिङ नेपाल–इलेक्ट्रिसियन सम्मेलन २०२६’ सम्पन्न
काठमाडाैं । प्रिमियर वायर्स प्रा. लि. द्वारा आयोजना गरिएको “पावरिङ नेपाल – इलेक्ट्रिसियन सम्मेलन २०२६” सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलन शनिबार विराटनगरमा सम्पन्न भएको हाे ।
विराटनगरका विभिन्न स्थानबाट सहभागी भएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलेक्ट्रिसियनहरूलाई आधुनिक विद्युत प्रविधि, सुरक्षा मापदण्ड तथा गुणस्तरीय वायरको प्रयोग सम्बन्धी जानकारी प्रदान गर्नुका साथै सम्मान पत्र समेत वितरण गरिएको थियो ।
प्रिमियर वायर्स प्रा. लि. ले यस्ता कार्यक्रमहरू मार्फत इलेक्ट्रिसियनहरूको सीप विकास र नेपालको विद्युत क्षेत्रको उन्नतिमा निरन्तर योगदान पुर्याउने जनाएको छ।
