सोमबार ११ फागुन, २०८२

नेपालले आईएमएफबाट थप ६ अर्ब आर्थिक सहयोग पाउने बाटो खुल्यो

नेपालले आईएमएफबाट थप ६ अर्ब आर्थिक सहयोग पाउने बाटो खुल्यो

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौँ तथा अन्तिम समीक्षामा कर्मचारी तहमा सहमति भएको छ ।

नेपाल मिसन प्रमुख सरवत जहाँको नेतृत्वमा फेब्रुअरी ६ देखि २० सम्म गरेको काठमाडौं भ्रमणका क्रममा यस्तो समझदारी भएको आईएमएफले जनाएको छ ।

करिब चार वर्षअघि शुरु भएको विस्तारित कर्जा सुविधाअन्तर्गत नेपालले विभिन्न आर्थिक सुधारका काम गरिरहेको छ भने कुल ३९ करोड ५९ लाख अमेरिकी डलर ९हालको विनिमयदर अनुसार करिब ५७ अर्ब रुपैयाँ० को वित्तीय सहयोग नेपालले पाउनेछ ।

यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले करिब ४ करोड ३२ लाख अमेरिकी डलर ९करिब ६ अर्ब नेपाली रुपैयाँ० बराबरको ऋणमा पहुँच पाउनेछ ।

यो अन्तिम समीक्षा आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि नेपालले पाउने सम्पूर्ण आर्थिक सहयोग निकाल्न पाउनेछ ।

नेपाल मिसन प्रमुख जहाँ नेतृत्वको टोलीले ईसीएफको समीक्षाका अतिरिक्त सन् २०२६ को आर्टिकल फोर कन्सल्टेसनका लागि छलफलसमेत गरेको जनाइएको छ ।