निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आज (आइतबार) सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन ।
उनले भने, ‘निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ’ उनले भने ।
बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
