३ लाख १३ हजार ५ सय पुग्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार ३ लाख १० हजार ३ सय रुपैयाँमा प्रतितोला सुन कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ तोलामा १७० रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।
