बाढीले क्षतिग्रस्त सानिमा माई हाइड्रोपावरको जलविद्युत आयोजना सञ्चालनमा
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई जलविद्युत केन्द्र (२२ मे.वा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मे.वा) पुनः सञ्चालनमा आएको छ।
गत असोज १८ गतेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी तथा पहिरोले सानिमा माई हाइड्रोपावरद्वारा सञ्चालित माई जलविद्युत केन्द्र र माई क्यास्केड जलविद्युत केन्द्रको हेडवक्र्स क्षेत्रका विभिन्न संरचनाहरूमा क्षति पुर्याएपछि बन्द हुन पुगेको थियो।
हाइड्रोपावरले बाढीका कारण क्षति पुगेका संरचनाहरूमध्ये हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत सम्भार तथा परीक्षणको कार्य सम्पन्न भई उक्त आयोजनाहरू फागुन १० गते बिहान करीब पौने ११ बजेको समयदेखि सञ्चालनमा आएको हो।
