मंगलबार १२ फागुन, २०८२

नेशनल लाइफले मनायो ३९औं बार्षिकोत्सव

नेशनल लाइफले मनायो ३९औं बार्षिकोत्सव

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा देशैभरीका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ।

काठमाण्डौंस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक, सरोकारवाला प्रति आभार व्यक्त गरे।

उनले सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप कर्मचारीलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिंदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई एआई सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको बताए।

सो समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे। साथै उनले नियामक निकाय लगायत अन्य सम्वन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे।

सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित त्यहाँ रहेका बालबालिकालाई खाना भोजनका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थामा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको बताए।

उनले कर्मचारीलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताको आयोजना गरिएको बताए।

मनोरञ्जानात्मक प्रस्तुति सहित भव्य रूपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन्।