एमएडब्लू अर्थमुभर्स लगातार चौथो वर्ष ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि. ले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो।
चार वर्षसम्म लगातार यो क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नुलाई कम्पनीको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।
यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट यो सम्मान ग्रहण गरे। कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो।
‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा प्रदान गरिन्छ। अत्यन्तै प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान र 'नम्बर १' को स्थिति जोगाइराख्न सफल भएको छ।
यो सम्मान कम्पनीप्रतिको विश्वास र उत्कृष्ट कामको प्रमाण हो। आफ्नो फैलिँदो सञ्जाल र ग्राहकलाई प्राथमिकता दिने नीतिका कारण यो सम्भव भएको हो। यस उपलब्धिले नेपालको पूर्वाधार विकास र राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने कम्पनीको लक्ष्यलाई अझ बलियो बनाएको छ।
सो अवसर मा एमएडब्लू ग्रुप अफ कम्पनीजका एमडी तथा चेयरम्यान विष्णु कुमार अग्रवालले भने, ‘यो महत्वपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ। हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौँ। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार हुनुहुन्छ। हामी सबै मिलेर सशक्त नेपालको आधार निर्माण गरिरहेका छौँ। लगातार चौथो वर्ष यो उपाधि जित्नुले उत्कृष्ट मेसिनरी र सेवा मार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोटलाई अझ सुदृढ बनाएको छ।’
अग्रवालले देशभरका निर्माण व्यवसायीहरूलाई विशेष धन्यवाद दिए, जसको नेतृत्वले राष्ट्रिय पूर्वाधार विकास अघि बढिरहेको छ। साथै, उनले प्राविधिक, इन्जिनियर र सर्भिस प्रोफेसनल सम्मिलित जेसीबी टोलीको मिहिनेतले नै हरेक प्रोजेक्टमा विश्वसनीयता कायम भएको बताए। उनले यो सफलता राष्ट्र निर्माणमा समर्पित सबैको साझा जित भएको उल्लेख गरे।
यस्ता उपलब्धिमार्फत एमएडब्लू अर्थमुभर्सले एक जिम्मेवार नेतृत्वकर्ताको रूपमा आफूलाई प्रमाणित गर्दै दिगो र प्रगतिशील नेपाल निर्माणतर्फ आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
