मंगलबार १२ फागुन, २०८२

उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा. भट्ट

उपभोक्ता अदालतको अध्यक्षमा न्यायाधीश डा. भट्ट

काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ ।

न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।

उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा कानूनको स्नातकोत्तर(एलएलएम) गरेका थिए ।

साथै हङकङ विश्वविद्यालय हङकङबाट अन्तराष्ट्रिय कानून र मानव अधिकारको अध्ययन गरेका छन् ।

न्याय र कानूनका क्षेत्रमा दर्जनौं अनुसन्धानमूलक लेख रचना प्रकाशित छन् । उनले फौजदारी कानूनमा विद्यावारिधी(पिएचडी) गरेका हुन् ।