मंगलबार १२ फागुन, २०८२

शिक्षकलाई रविको सुझाव- संगठित हुनुपर्दैन, विद्यार्थीको भविष्य हेर्नुस्

शिक्षकलाई रविको सुझाव- संगठित हुनुपर्दैन, विद्यार्थीको भविष्य हेर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शिक्षकलाई संगठित भएर चिन्ता नगर्न सुझाव दिएका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘शिक्षक साथीहरू पनि संगठित भएको सुनियो । हाम्रो पेशागत संगठन संकटमा पर्‍यो, हाम्रो संगठन खारेज गर्न पाइँदैन् भनेको सुनियो,’ लामिछानेले भने, ‘चिन्ता नगर्नुस् तपाईँहरू स्मार्ट क्लासरुम कसरी बनाउने हो, त्यसको योजना बनाउनुस् । राजनीतिको ठेक्का हामीलाई दिनुस्, हामी गरौँला ।’

यो देशका हरेक विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने, हरेक कक्षाकोठा र हरेक विद्यार्थीको भविष्यमा ध्यान दिन उनले शिक्षकहरूसँग आग्रह गरे ।

‘तपाईँहरूको सुरक्षा नेताले होइन, रास्वपाको नीतिले गर्छ । विद्यार्थीको भविष्यको सुरक्षा तपाईँहरू गर्नुस्,’ लामिछानेले भने ।