सुनको मूल्य स्थिर रहदा चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।
