बुधबार १३ फागुन, २०८२

पोखरामा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला

पोखरामा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दोस्रो पटक यहि चैत ११ देखि १५ गतेसम्मको पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना हुने भएको छ । 

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुति हुनेगरी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा  अयोजना गरिएको हो । 

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिदबिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखेर आयोजना गरिएको हो ।’

आयोजकले सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गरेको छ । 

आज फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीकालागि स्टल बुकिङ्ग खुल्ला गरिएको  विज्ञप्तिद्वारा जानकारी गराइएको छ । 

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्ने छ भने स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी/ संस्थाहरूले जानकारी लिन सक्नेछन् ।