बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड रुपैयाँ
काठमाडौं । खराब कर्जा असुली सुस्त र नयाँ कर्जा प्रवाह कमजोर हुँदा वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को साउन–पुससम्म १९ बैंकमा कुल ४३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।
जुन अघिल्लो वर्षको सोही अवधिको ३४ अर्ब ८६ करोड ५६ लाख रुपैयाँभन्दा २४.९८% बढी हो। वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति छैन।
समीक्षा अवधिमा १५ बैंकको गैरबैंकिङ सम्पत्ति बढ्दा ४ बैंकले घटाएका छन्। सबैभन्दा बढी वृद्धि प्राइम र नेपाल एसबीआई बैंकमा देखिएको छ।
सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा देखिएको छ । बैंकको यस्तो सम्पत्ति ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । त्यसपछि ग्लोबल आइएमई बैंकको यस्तो सम्पत्ति ५ अर्ब ९९ करोड र प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड रहेको छ । सबैभन्दा कम नेपाल बैंकमा २६ करोड ४२ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।
