बिहीबार १४ फागुन, २०८२

रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट

रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बिहीबार आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणालीमा केही बेरपछि हेर्न सकिनेछ ।

करिब २४ लाख १९ हजारको हात रित्तो भएको छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ ।

यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।