बिहीबार १४ फागुन, २०८२

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालका सेवामा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालका सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपाल प्रालीका सेवामा छुट पाउने भएका छन् ।

बैंक र पेट मामाबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बालुवाटारस्थित पेट मामा नेपालमा बैंकका ग्राहकले कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरूको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको भनाइ छ । २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ (फोन नम्बर ०१–५९७००२०) मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने बैंकले जनाएको छ ।