बिहीबार १४ फागुन, २०८२

४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला विमानस्थलमा परिन् पक्राउ

४८ वटा राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला विमानस्थलमा परिन् पक्राउ

काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाटै पक्राउ गरेको हो ।

भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् । उनको झोलामा विभिन्न व्यक्तिका ४८ थान राहदानी भेटिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुस्न्धान कार्यालय पठाइएको छ ।