२१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, एकलाई जरिबाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत काम गरेको भन्दै विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरेको छ ।
बिहीबार विभागले टोखा नगरपालिका-६ टोखा रोडमा रहेको मनकामना मसला पसललाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागका अनुसार उक्त पसलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ बमोजिमको कार्य नगरेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम कसुरमा दफा ३९ (१) (क) बमोजिम जरिबाना गरिएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२९ पुतलीसडकमा रहेको फ्युजन हब प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले गरेको अनुगमन क्रममा अन्य १९ उद्योग तथा फर्मलाई पनि सामान्य निर्देशन दिएको छ ।
निर्देशन पाउनेमा मण्डन ट्रेडर्स, सुजनशील ट्रेडर्स प्रालि, केसी ग्यास सेन्टर, माँ अम्बे स्टोर, सुपा देउराली ट्रेड कन्सर्न, पञ्चकुमारी किराना पसल, इच्छित स्टोर्स, एसएस जनरल स्टोर्स, रिया स्टोर, निरञ्जना खाद्य सप्लायर्स, नवयुग इम्पेक्स, चिबहाल स्टोर, गणलक्ष्मी स्टोर, एनडीआर स्टोर, सप्त ग्रिन ट्रेडिङ प्रालि, फुल्चोकी ग्रोसर, गोल्यान एग्रो प्रालि र बीएस ट्रेडिङ प्रालि छन् ।
