शुक्रबार १५ फागुन, २०८२

केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ : बालेन

केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन जरुरी रहेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप लगाए ।

‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही मूल्य दिन जरुरी छ,’ बालेनले भनेका छन् ।

साथै, उनले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएको जिकिर गरे ।

‘किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ । केही सीमित विचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ,’ बालेनले भने, ‘त्यो सस्तोजस्तो देखिन्छ । त्यो देखाएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।’