निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद
काठमाडौं । निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न पसलहरुबाट चुनावी प्रचार प्रसारमा प्रयोग हुने टि-सर्टहरु बराामद गरिएको प्रहरीले बताएको छ ।
राजनैतिक दलहरुका उम्मेदवारहरुको फोटो समेत प्रिन्ट भएका टि-सर्टहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्वाचन आचार संहिताको दफा १३ (घ) को प्रावधानअनुसार ती टि-सर्टहरू बरामद भएको प्रहरीको भनाइ छ ।
