आइतबार १७ फागुन, २०८२

तेस्रो घेरामा रही निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रतिबद्ध : नेपाली सेना

तेस्रो घेरामा रही निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रतिबद्ध : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन भयरहित सुरक्षित बनाउन मतपत्र ढुवानीदेखि मतपेटिका गणनास्थलसम्म पुर्याउने काममा सुरक्षा अपनाउने बताएको छ ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधीसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सञ्चालन भइरहेको र विगतको निर्वाचनमा जस्तै यसपटक पनि निर्वाचनको क्रममा मतपत्र छपाईस्थलको सुरक्षा,मतपत्र ढुवानी,निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिका सुरक्षित स्थानमा पुर्याउन जिम्मेवार हुने छौँ ।’

नेपाली सेनाले २०४८ सालको निर्वाचनदेखि २०७९ सालको निर्वाचनसम्म तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्दै आएको छ ।